काठमाडौं– नेपाली कांग्रेससको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । आज (शुक्रबार) बस्ने भनिएको बैठक अन्तिम समयमा आएर एजेन्डा नै तय नभएको भन्दै स्थगित गरिएको हो ।


ADVERTISEMENT


बैठकका एजेण्डा तय गर्न शुक्रबार बसेको शीर्ष नेताहरुको बैठक ढिलासम्म चलेको थियो । तर, एजेण्डाबारे नेताहरु निश्कर्षमा पुग्न सकेनन् ।


ADVERTISEMENT

# # #


शीर्ष नेताहरूको छलफल क्रियाशील सदस्यता र विभाग गठन लगायतका विषयमै अल्झिएपछि महासमितिको मिति तय गर्ने विषय ओझेलमा परेको भन्दै एजेण्डामा सहमति हुन नसकेकोे हो ।

बैठक भोलि ११ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।