काठमाडौं– त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ ।


ADVERTISEMENT


उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ ।


ADVERTISEMENT

# # #


अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन यही १४ र १५ काठमाडौंमा हुँदै छ । त्यसको तयारीका लागि सरकारले अस्तव्यस्त सडकमा टालटुल गर्ने कामलाई प्राथमिकता दिएको छ ।

सडक विभागले दिउँसोको समयमा सडक टालटुल गर्ने क्रममा राजधानीको दैनिकी नै प्रभावित हुदै आएको छ । व्यस्त सडकमा सवारी रोक्दा घण्टौं जाम हुने गरेको छ ।

पैदल यात्री शम्भु श्रेष्ठ विदेशी पाहुना आउने बेलामा मात्र रातारात सडक टालटुल गर्ने प्रवृत्ति गलत भएको बताएका छन् । उनले भने– ‘अघिपछि चुप लागेर बस्ने, सडकमा ठूलठूला खाल्डा पर्दा पनि सरकारी निकायले नदेख्ने विदेशी राष्ट्र प्रमुखहरु आउने भएपछि रातारात सडक टाल्नु गलत काम हो ।’ – आजको नेपाल समाचारपत्रबाट