काठमाडौं– नेपालको खुला सीमाका कारण भारतबाट कति पर्यटक भित्रन्छन् भन्ने एकीन तथ्यांक राख्न नसकिए पनि पछिल्ला वर्षहरुमा भने केही प्रयाश भएको छ ।


ADVERTISEMENT


नेपाली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो स्रोत मुलकसमेत रहेको भारतबाट हवाईमार्ग हुँदै आउने पर्यटकको संख्या वषौँदेखि राख्ने गरिए पनि स्थलमार्गको समेत विवरण राख्न थालिएको छ । गत वर्षमा भारतबाट हवाईमार्ग हुँदै १ लाख ६० हजार १ सय ३२ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक यसअघि नै सार्वजनिक भइसके पनि स्थलमार्गबाट आउनेको एकीन तथ्यांक हालैमात्र सार्वजनिक भएको छ ।


ADVERTISEMENT

# # #


जसअनुसार २०१७ मा विभिन्न नाका हुँदै १० लाख २३ हजार ३ सय ३० भारतीय नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विगतमा केही तथ्यांक सार्वजनिक गरे पनि गणना भने २०१७ बाट गरिएको हो । – आजको कारोबार दैनिकबाट