एजेन्सी– बलिउड क्वीन भनेर चिनिने कंगना रनावत बेला बेला आफ्नै सहकर्मीको आलोचना गरेर चर्चामा आउने गरेकी छिन् । ‘कंगना ’ बलिउड उद्योगमा एक सफल अभिनेत्रीको रुपमा चिनिंदा चिनिंदै पनि बलिउडमा धेरैले छुद्र बोली भएको नायिकाको उपमा दिन्छन् कारण उनी मनमा लागेका कसैको बारेमा कुनै पनि कुरा नडराई भन्ने गर्दछिन् ।


ADVERTISEMENT


यति बेला कंगनाकै कारण चलचित्र ’मणिकर्णिक’को काम रोकिएको छ । बलिउड मिडियाको अनुसार कंगना र चलचित्रका निर्देशक बिच सिनको कुरामा विवाद भएपछि चलचित्रको काम रोकिएको हो ।


ADVERTISEMENT

# # #


छायाङ्कन सकिएर पोस्ट–प्रोडक्सनको काम भइरहेको चलचित्रको सिनको कुरामा कंगनाले निर्देशकलाई अनेक गाली र नराम्रो व्यवहार देखाएपछि निर्देशकले चलचित्रको काम छोडेका हुन् ।

कंगनाले निर्देशकलाई चलचित्रको एक दृश्य मन नपरेको र उक्त सिन फेरी रिसुट गर्न अनुरोध गरेकी थिइन् । तर चलचित्रका निर्देशकले सो सिन काटेको खण्डमा आफू चलचित्रबिरुद्ध रहने अडान लिएका थिए । चलचित्रका निर्देशक ’मणिकर्णिक’बाट बाहिरी सकेका छन् ।

कंगनाको निर्देशकसँग झगडा परेको यो पहिलो पटक होइन । यसअघि पनि उनको ‘क्वीन’ निर्देशक विकास बहालसँग झगडा परेको थियो ।