काठमाडौँ– बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को सम्पूर्ण सुरक्षा तयारी पुरा भएको छ ।


ADVERTISEMENT


विम्स्टेकका लागि नेपाल आउने विशिष्ठ व्यक्तिका लागि नेपाली सेनाले सुरक्षा जिम्मेवारी लिनेछ । केन्द्रीय सुरक्षा समितिले बिम्स्टेक सुरक्षा योजना अनुमोदन समेत गरिसकेको छ ।


ADVERTISEMENT

# # #


पारित सुरक्षा योजना अनुसार बिशिष्ठ पाहुना र उनका आफन्त, मन्त्री र सचिवको आन्तरिक सुरक्षा नेपाली सेनाले गर्नेछ । नेपाल प्रहरीले बैठकस्थलको प्रबन्ध सुरक्षा र स्कर्टिङ गर्नेछ ।

सेनाले बिमस्टेक अवधिभर सैनिक गस्ती र सवारीसाधनबाट समेत गस्ती गर्ने जिम्मेवारी पाएको छ । पुलपुलेसा र अग्ला भवनहरुबाट सशस्त्र प्रहरीले सुरक्षा दिनुका साथै पैदल गस्ती समेत बढाउनेछ ।

हिजोबाट नै विम्स्टेक सुरक्षा योजना लागु भएको छ । राष्ट्र प्रमुख र सरकार प्रमुखको सुरक्षामा सेनाका अधिकृत तहका बिशेष तालिमप्राप्त अधिकारी खटिनेछन् । बैठक स्थलको सुरक्षाका लागि समेत सेनाको कमाण्डो खटिनेछन् ।

बैठकमा सहभागी हुन आउने राष्ट्रप्रमुख, सरकार प्रमुख, उनीहरुका आफन्त, मन्त्री र सचिवलाई बेग्ला–बेग्लै सवारीसाधन र सुरक्षाकर्मी उपलब्ध गराइनेछ ।

यस्तै, अन्य पाहुनाका लागि भने देश अनुसार भ्यानको व्यवस्था गरिनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद तथा श्रीलंकाली राष्ट्रपति मैत्रीपाल श्रीसेनालाई सुरक्षा चुनौती रहेको सुरक्षाकर्मीको निष्कर्ष रहेको छ ।