काठमाडौं – चितवन टाइगर्सले आफ्नो कोटाका तीन मध्ये दुई विदेशी खेलाडी अनुबन्धन गरेसंगै एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको तेस्रो संस्करण थप रोमाञ्चक बन्ने भएको छ ।


ADVERTISEMENT


इंग्ल्यान्डका अन्डर १९ टोलिका पूर्वकप्तान म्याक्स होल्डेन आगामी ईपीएल खेल्ने भएका छन् । बायाँ हाते इंग्लिस ब्याट्सम्यान होल्डेनलाई चितवन टाइगर्सले खेलाउने भएको हो ।


ADVERTISEMENT

# # #


टाइगर्सले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् यसबारे जानकारी गराएको हो । विदेशी खेलाडी खेल्ने घोषणा गर्ने टाइगर्स दोस्रो टिम हो ।

टाइगर्सले होल्डेनसँगै न्युजील्याण्डका अर्का खेलाडी पनि टिममा अनुबन्ध गरेको छ । टिमले दक्षिण अफ्रिकामा जन्मिएका तथा हाल काउन्ट्रि क्रिकेट मिडसेक्सबाट खेल्ने दायाँहाते अलराउन्डर जेम्स फुलरलार्इ पनि टिममा समावेश गरेको हो ।

यता काठमाडौँ किंग्स् ११ ले युएईका कप्तान रोहान मुस्तफा, आयरल्याण्डका अलराउन्डर केभिन ओ’ब्राइन र जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई अनुबन्धन गरेको थियो ।