काठमाडौं – यसवर्षको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’लाई दिइने भएको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT


गुठीलाई प्राप्त २५३ कृतिमध्ये कैरन, नथिया, पाठशाला, भुइँया, यार, योगमाया, लिम्बुनी गाउँ, हिमाली दर्शन आठ कृति पुरस्कारका निम्ति छनोट भएका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै यसवर्षको जगदम्बा पुरस्कार बाल साहित्यको विकास तथा प्रवद्र्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई दिइने भएको छ । पुरस्कार घटस्थापनाका दिन प्रदान गरिन्छ ।

मदन पुरस्कार गुठी २०१२ सालमा स्थापना भएको हो ।