काठमाडौं– ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको ६ महीना पुगेको अवसरमा सोमवार राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकहरुलाई बोलाएर मनको ‘बह’ पोखेका छन् । सरकारका काम कारवाहीका बारेमा निरन्तर नकारात्मक समाचार आइरहंदा प्रधानमन्त्री ओलीले सम्पादकहरुलाई निराशा मात्र छर्ने काम नगरिदिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


१४ र १५ गते आयोजना हुने विम्स्टेक सम्मेलनले यो क्षेत्रमा प्रभावकारी काम गर्ने प्रधानमन्त्री ओलीको दावी छ । क्षेत्रीय संगठनहरु सक्रिय नभएका कारण विम्स्टेक लाई गतिशिल बनाउन खोजेको उनले बताए । “सार्क हामीले सोचेजति प्रभावकारी ढङ्गले अघि बढ्न सकेन, २० वर्षदेखि शिथिल रहेको विम्स्टेकलाई अव नयाँ र उपयोगी तरिकाले अघि बढाइने छ ।’ विम्स्टेकमा नेपालले विशेष गरी कनेक्टीभिटी, गरिबी निवारण, सन् २०३० का लागि लक्षित दिगो विकास लक्ष्य (एसडीजी), जनताबीचको सम्बन्ध र ऊर्जा व्यापारलाई प्राथिमकता दिएको उनको भनाई छ । निर्वाचन र अन्य विविध कारणले अर्को डेढ दुई वर्ष विम्स्टेकको बैठक बस्न सम्भव नहुने अवस्था रहेकाले यो समयमा आयोजना गरिएको ओलीले बताए ।


ADVERTISEMENT

# # #


संसदबाट भर्खरै पारित भएका केहि नयाँ संहिता र प्रेस स्वतन्त्रताबारे बोल्दै ओलीले केहि समस्या भएको भए छलफल गरेर आवश्यकता र औचित्यका आधारमा परिमार्जन गर्न सकिने जानकारी गराएका छन् । सरकार बढी नियन्त्रणमुखी बन्दै गएको भन्ने आरोप सत्य नभएको भन्दै उनले थाईल्याण्डमा हुने यूवा सम्मेलनमा जान लागेका पूर्वबाल सैन्य लेनिन विष्टलाई गृह प्रशासनले विमानस्थलबाटै फर्काएको विषयमा सम्बन्धित निकायलाई २४ घण्टे स्पष्टिकरण सोधेको बताएका छन् । उनले यसअघि भएका उपकुलपति लगायतको विषय आफ्नो निर्देशनमा नभएको भन्दै नियम कानूनअनुसार सबैले आफ्नो दायित्व निभाउनुपर्ने बताए । – आजको आर्थिक अभियान दैनिकबाट