काठमाडौँ — साहित्यकार एवं अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीद्वारा रचित ‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ ।


ADVERTISEMENT


अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा शनिबार एक समारोहबीच अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले सो कविता सङ्ग्रहको विमोचन गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो सङ्ग्रहलाई साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो । कार्यक्रममा साहित्यकार क्षेत्रीले आफ्ना कविता बाचन गरेका थिए ।

साहित्यकार क्षेत्रीका अर्धमुद्रित आँखाहरु गजल, बोधिसत्वको मृत्युउत्सव कविता, आगोको मुर्छना विलयन काव्य, रगतको दरबार विलयन काव्य, म्यानमारमा नेपाली भाषा ‘साहित्य र संस्कृति’ जापानमा नेपाली भाषा र साहित्य तथा चौध वर्षपछि संयुक्त कविता लगायतका कृति प्रकाशित छन् । उनी युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार २०५८, गजलश्री सम्मान २०६०, राष्ट्रिय कविता महोत्सव २०५७ स्वर्ण पदक, राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२, देवकोटा शताब्दी स्वर्ण पदकलगायत पुरस्कारबाट सम्मानित छन् । रासस