हेटौँडा– नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका मुद्दामा सहजता प्रदान गरेसँगै पुरुषहरुद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने क्रम बढेको छ । जिल्ला अदालत मकवानपुरमा ११ दिनमै सातजना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।


ADVERTISEMENT


यसरी सम्बन्ध विच्छेद गर्न चाहने पुरुषहरुमा अधिका‌ंशतस् वैदेशिक रोजगारीमा गएर फर्केकाहरु तथा विभिन्न कारणले पत्नीसँग खटपट परेकाहरु रहेका छन् । विदेशबाट फर्केकाहरुले आफ्नो कमाइको रकम सबै श्रीमतीले अनावश्यक ढंगले खर्च गरेर सकेको, परपुरुषसँग लागेको लगायत आरोप देखाउँदै मुद्दा दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


यही भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिताअनुसार पुरुषले पनि सिधै अदालतमा मुद्दा दर्ता गर्न व्यवस्था गरेको छ । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र गरिने र सो हुन नसकेमा त्यहाँको सिफारिससहित अदालतमा मुद्दा दर्ता गर्नुपर्ने पुरानो कानुनी प्रावधानको अन्त्य भएकाले पुरुषबाट सीधै अदालतमा मुद्दा दर्ता गर्ने क्रम बढेको हो ।