काठमाडौ‌ँ– आज मौसममा बदली भइरहने र झरी बेलुकासम्मै रहनेछ । तर ठूलो पानी पर्ने कुनै सम्भावना छैन । बाढीको सम्भावना पनि छैन । दिनभरि भबदली भर्इ नै रहन्छ ।


ADVERTISEMENT


भोलिदेखि मौसम खुल्न सुरु हुनेछ । भोलि दिउँसो घाम लाग्नेछ । राति धुम्म हुन सक्छ । मनसुन अझै सक्रिय नै रहेकाले मौसम पूरै खुल्ने सम्भावना कमै छ । सेप्टेम्बर अन्तिम सातासम्म पनि मनसुन सक्रिया रहनेछ ।


ADVERTISEMENT

# # #


पूर्वी वायुको प्रभावस्वरुप हालको वर्षा भइरहेको छ । यो मध्य तथा पश्चिम भागतर्फ बढी सक्रिय छ । काठमाडौंमा ३८ मिलिमिटर, ओखलढुंगामा ७.६ मिलिमिटर, जुम्ला २० मिलिमिटर वर्षा भइरहेको छ ।