काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा निस्पक्ष छानविन गर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलले कञ्चनपुरको घटनाले सरकारलाई दु:खित तुल्याएको बताए । सरकारले सह- सचिवको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेर छानविन गरिरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


सरकारले पीडित बालिकालाई सहिद घोषणा गरेर बालिकाको परिवारलाई १० लाख क्षतीपूर्ति दिएको बताउँदै प्रधानमन्त्री ओलीलले घटनाको
निष्पक्ष ढंगले छानविन गर्ने जानकारी दिए ।

यो सबैका निम्ती साझा दुखको विषय भएको भन्दै उनले यस्ता अमानवीय अपराध नियन्त्रणका लागि सरकार हदैसम्म कठोर हुने बताए । सरकारले आफ्नो पूरा सामथ्र्य लगाएर छानविन गरिरहेकाले दोषीमाथि कडा कारबाही हुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले भने, ‘म भन्न चाहन्छु, चाहे कञ्चनपुरको घटना होस् वा अन्यत्रका कुनै पनि अपराधिक घटनामा, त्यसमा पनि यस्ता अमानवीय अपराधका क्रियाकलापमा कहिल्यै पनि हामी उदार हुन सक्दैनौँ । त्यसमा कहिल्यै पनि होलो-फुकुलो गर्न सक्दैनौँ ।’