काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति समेत जनाए । साथै उनले सरकारले गरेका राम्रा काम र सरकार सक्षम रहेको पनि बताए । त्यती मात्र नभई उनले सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने पनि बताए । बोल्ने क्रममा उनले स्थानीय प्रदेश र संघमा कर्मचारी व्यवस्थापन र मन्त्रालय र मन्त्रीहरुको विभाजनको समेत जानकारी दिए ।


ADVERTISEMENT

# # #


जानकारी दिने क्रममा उनले हाल २१ वटा मात्रै मन्त्रालय रहेको बताएका छन् । तर, वास्तवीक मन्त्रालयको संख्या भने २२ वटा रहेको छ, जसमा स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालयमा ३ राज्यमन्त्री गरी प्रधानमन्त्री सहित २२ जना मन्त्रीहरु रहेका छन् ।

हालसालै कृषि तथा भूमी व्यवस्था मन्त्रालय फुटाएर भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाइएको छ ।

भुमी सुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललाई दिइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाडी खनाललाई दिइएको छ ।

नेपालको संविधान अुनसार जम्मा २५ वटा मन्त्रालय गठन गर्न मिल्ने व्यवस्था रहेको छ । – आजको नेपाल समाचारपत्रबाट