महोत्तरी– जिल्लाको बर्दिबास नगरपालिकामा मङ्गलबार साँढेको आक्रमणमा परी चार घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–१४ बस्ने कामेश्वर महतो, उमेश महतो, दिनेश साह सोना र सुरेश साह सोनार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।


ADVERTISEMENT


साँढेले विगत एक सातादेखि स्थानीयको घर तोडफोड गर्नेलगायतका आतङ्क मच्चाइरहेका बेला मङ्गलबार पुनः एक स्थानीयको घरमा पसी घर भत्काउन थालेपछि स्थानीयले लखेट्न जाँदा साँढे थप आक्रमक भई चार जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ । रासस


ADVERTISEMENT

# # #