काठमाडौं– एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।


ADVERTISEMENT


नेपालले ३२.३ ओभरमा ४ विकेटको क्षतिमा सय रन पूरा गरेको हो । नेपालका लागि सागर पुन २१ रन र आरिफ शेख १३ रनमा खेलिरहेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि २२.४ ओभरमा ८० रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी ९ रनमा आउटका थिए । त्यस्तै, नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भएका थिए ।

१५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।