काठमाडौँ– काठमाडौँ महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ ।


ADVERTISEMENT


ना ४ ख २९४८ नं को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा ३४ प ५४१५ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया थापा गम्भीर घाइते भई उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन् । ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय बीरबहादुर विकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । रासस