एजेन्सी– युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र बिहिबार राति सकिएका छ । यस पटक ग्रुप अफ डेथका रुपमा इंग्लिस टोली सम्मिलित दुई समूह अगाडि छन् ।


ADVERTISEMENT


फ्रान्सको मोनाकोमा युईएफएले बिहिबार सार्वजनिक गरेको नयाँ सिजनको ड्र अनुसार समूह चरणको खेल तालिकामा साविक विजेता रियल मड्रिडलाई केही सहज समूह परेको छ ।


ADVERTISEMENT

# # #


समूह ‘जी’ मा रहेको स्पेनिस क्लब रियलले इटालीको रोमा, रुसको सिएसकेए मस्को र चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनसँग खेल्नुपर्ने छ।

यस्तै समूह बी मा रहेका स्पेनिस बार्सिलोनाले इंग्लिस क्लब टोटेनहम, नेदरल्याण्डको पिएसभी र इटालीको इन्टर मिलानसँग खेल्नुपर्नेछ ।

म्यानचेस्टर सिटीले समूह चरणमा शख्तर डोनेस्क, लियोन र होफेनहाइमसँग खेल्दा म्यानचेस्टर युनाइटेडले युभेन्ट्स, भ्यालेन्सिया, योङ ब्वाइजसँग खेल्नेछ । लिभरपुलले पिएसजी, नेपोली र क्रेभेना जभेदासँग खेल्नेछ ।

प्रारम्भिक अध्ययन गर्दा बार्सिलोना, टोटेनहम र इन्टर मिलान सम्मिलित समूह बी तथा पीएसजी, लिभरपुल र नेपोली सम्मिलित समूह सी निकै कठिन समूह देखिएको छ ।

समूह चरणको खेलहरु सेप्टेम्बर १८ देखि १२ डिसेम्बरसम्म हुनेछ ।

यस्तो छ च्याम्पियन्स लिग ड्रः

समूह ‘ए’ःएट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज(बेल्जियम)
समूह ‘बी’ः बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर (इंग्ल्यान्ड), पिएसभी (नेदरल्याण्ड), इन्टर मिलान (इटाली)
समूह ‘सी’ः पेरिस सेन्ट जर्मेन (फ्रान्स), नेपोली (इटाली), लिभरपुल (इंग्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया)
समूह ‘डी’ः लोकोमोटिभ मस्को (रुस), एफसी पोर्टो (पोर्चुगल), एफसी साल्के (जर्मनी), गालाटासारे (टर्की)
समूह ‘ई’ः बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल), एएफसी आयाक्स (नेदरल्याण्ड), एथेन्स एफसी (ग्रीस)
समूह ‘एफ’ः म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), शाख्तर डोनेस्क (युक्रेन), लियोन (फ्रान्स), होफेनहाइम (जर्मनी)
समूह ‘जी’ः रियल म्याड्रिड (स्पेन), एएस रोमा (इटाली), सिएसकेए मस्को (रुस), भिक्टोरिया प्लेजेन (चेक रिपब्लिक)
समूह ‘एच’ः युभेन्ट्स (इटाली), म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), भ्यालेन्सिया (स्पेन), योङ बोइज (स्विटजरल्यान्ड)