काठमाडौँ– पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको अफिसियल ट्रेलर सार्वजनिक गरीएको छ । शुक्रबार एक कार्याक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको फिल्म ‘अनुराग’ असोज १२ गतेदेखि प्रदर्शमा आउने छ ।


ADVERTISEMENT


प्रेमकथामा आधारीत फिल्ममा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ । यस्तै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।


ADVERTISEMENT

# # #


सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।

ट्रेलर हेर्नुस् :

;