काठमाडौँ– एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका, वडा नं. १, डुम्रेमा सञ्चालनमा आएको छ । उक्त शाखाको एनआईसी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले बिहीबार एक कार्यक्रमका बीच गरेका हुन् ।


ADVERTISEMENT


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।


ADVERTISEMENT

# # #


बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।