काठमाडौँ– ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले बढी दिएको रकम फिर्ता गरेका छन्।


ADVERTISEMENT


वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले रु ५० हजार बढी दिएपछि फिर्ता गरेका हुन् । उनले आफूले इमान्दारिताका साथ बैङ्कले बढी दिएको रकम फिर्ता दिएको बताए ।


ADVERTISEMENT

# # #


उनले ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ दमरुप्रसाद निरौला, वडा नं ४ नंका वडाध्यक्ष नारायण केसी र बैङ्कका कर्मचारी कृष्णबहादुर मिश्रको उपस्थितिमा बैङ्कलाई उक्त बढी रकम हस्तान्तरण गरेका हुन् ।

वैद्यले बैङ्कबाट रु पाँच लाख चेकमार्फत झिक्दा बैङ्कका कर्मचारीले रु पाँच लाख ५० हजार दिएका थिए । वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आएका छन् ।