सिरहा– मिर्चैैैया नगरपालिकाले आफ्नो माग सम्बोधन नगरेको भन्दै सर्वपक्षीय संयुक्त संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।


ADVERTISEMENT


राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज सम्मिलित समितिको आइतबार बसेको बैठकले साउन २९ गते कर बृद्धि फिर्ता लगायत बिभिन्न ८ बुँदे माँग राख्दै बुझाईएको ज्ञापनपत्रलाई नगरपालिकाले वेवास्ता गरेकोले ९ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


ज्ञापन–पत्र बुझ्दै नगरपालिकाका मेयर श्रवण कुमार यादवले १५ दिन भित्र माँग सम्बोधन गर्ने मैखिक प्रतिवद्धता गरेपनि उक्त समयभित्र कुनै किसिमको संवादको वातावरण सिर्जना नगरेको भन्दै समितिले भदौ १९ गतेदेखि २७ गतेसम्म चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेको छ ।

समितिले आन्दोलन अन्तर्गत भदौ १९ गते नगरमा बिरोध र्याली तथा कोणसभा, २० गते नगरपालिकाको मुलगेटमा धर्ना, २१ गते बडा नं. १ र २, २२ गते बडा नं. ३ र १२ को कार्यालय अगाडि धर्ना दिने कार्यक्रम घोषण गरेका छन् । त्यसैगरी भदौ २३ गते मिर्चैया गुदरी बजारमा बिरोध सभा, २४ गते बडा नं. ४, ५ र ६, २५ गते बडा नं. ७ र ८, २६ गते बडा नं. ९, २७ गते बडा नं. १० र ११ को कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरेका छन् ।

नगरपालिकाले कर शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासीको ढाड सेक्नमा लागेको आरोप लगाउँदै समितिको टोलीले साउन २९ गते नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित हुनुपर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराइ निःशुल्क हुनुपर्ने लगायतका माग राख्दै मेयर यादवलाई ज्ञापन/पत्र बुझाएको थियो ।