काठमाडौं–एशिया कप छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ । फाइनलमा पुग्न चमत्कारिक प्रदर्शनको प्रतिक्षमा रहेको नेपाललाई सामान्य जितले प्रयाप्त हुने छैन ।


ADVERTISEMENT


एशिया कप छनोटको सुरूवाती दुई खेलमा पराजित नेपालले फाइनल पुग्न अरूको भर पर्नुपरेको हो । त्यसमा पनि आफूले ठूलो अन्तरको जित निकालेर मात्र भएन अरूले पनि त्यही अनुपातमा नतिजा निकाल्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


नेपालले आज हङकङलाई कम्तिमा १ सय ५० रनले हराएमा पनि पुग्दैछ । यता युएईलाई पनि ओमानले यस्तै नतिजाले हराउनु पर्नेछ ।

अंक तालिकामा ओमानको ७ अंक छ भने युएईको ६ र हङकङको ५ अंक छ । आज चमत्कार भए मात्र नेपाल फाइनलमा पुग्न सक्छ ।

लगभग लगभग आफ्नो हातबाट खेल गुमाइसकेको अवस्थामा नेपालले हङकङलाई सकेसम्म ठूलो अन्तरमा हराउने लक्ष्यमा हुनेछ । अन्तराष्ट्रिय क्रिकेटमा यी दुई टिम चिरप्रतिद्धन्द्धी जस्तै हुन् । पछिल्ला सात खेलमा नेपालले चार खेलमा जित निकालेको छ भने हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ ।

यसरी पुग्न सक्छ नेपाल फाइनलमा
आजको खेलमा ओमानले युएईलाई फराकिलो अन्तरमा हराएमा नेपाललाई दोस्रो स्थान पुग्ने मौका मिल्नेछ । तर, यदि युएईले ओमानलाई हराए वा खेल हुन नसके पनि नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

गणितीय सम्भावनालाई हेर्ने हो भने नेपालले अझै पनि हङकङ र युएईलाई पछि पार्दै दोस्रो स्थानमा पुग्न सक्ने सम्भावना छ । यदि ओमानले पहिलो खेलमा युएई र नेपालले हङकङ बिरुद्ध पहिले ब्याटिङ गर्दै ३०० रन बनाउनुपर्नेछ । जवाफमा दुवै टोलीले बिपक्षीलाई १७५ रन वा सो भन्दा कम स्कोरमा रोक्नुपर्ने हुन्छ । यस्तो भएको खण्डमा नेपालले युएईलाई रन रेटका अधारमा पछि छाड्न सक्छ ।

यो प्रतियोगीतामा अहिलेसम्म युएईले सिंगापुरबिरुद्ध ३१२ रन जोड्नुबाहेक अन्य टोलीले यो आँकडा छुन सकेका छैनन् । नेपाली ब्याटिङ चल्न नसकेको अवस्थामा र युएईका बलरको प्रदर्शनलाई नियाल्दा दुवै टोली ओमान र नेपाललाई ३०० रन कटाउन मुस्किल छ । यसमा यदि २५० रन मात्र जोडेर भए पनि बिपक्षी टोलीलाई १२५ रनमा समेट्ने हो भने नेपालको रनरेट माथि जानेछ ।

यदि नेपालले पहिले बलिङ गर्दै हङकङलाई १५० रनमा रोक्ने हो भने नेपालले सो लक्ष्य १९.५ ओभर भित्र पुरा गर्नुपर्नेछ । यस्तै ओमानले युएईलाई १५० रनमा रोकेमा ओमानले १५१ रनको लक्ष्य २५ ओभर भित्र सकेपनि नेपालको रन रेट युएइको भन्दा माथि जानेछ ।

तर, ओमान अझै पनि फाइनलका लागि छनोट नभएको अवस्थामा उसले १५१ रन जोड्न हतार गर्ने कुनै कारण छैन । यदि हङकङले नेपाललाई पराजित गरेमा र ओमान आफू समेत युएई बिरुद्ध पराजित भएमा ओमानसमेत प्रतियोगिताबाट बाहिरिने छ। त्यसैले ओमानले आफ्नो जित सुनिश्चित गर्न साधारण तरिकाले नै खेल्नेछ । यदि ओमानले युएईबिरुद्ध पहिले बलिङ गरेमा नेपालको सम्भावना लगभग समाप्त हुन्छ ।

नेपाल र हङकङको हेड टु हेड
–सन् २०१२ एसीसी ट्रफि एलिट: नेपाल १२५ रनले विजयी
–२०१४ विश्वकप छनोट: हङकङ १० विकेटले विजयी
–२०१४ एसीसी प्रिमियर लिग: नेपाल ७ विकेटले विजयी
–२०१७ एसीसी इमर्जिङ कप: नेपाल ७ विकेटले विजयी
–२०१७ विश्व क्रिकेट लिग पहिलो खेल: हङकङ ८३ रनले पराजित
–२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप: दोस्रो खेल बर्षाका कारण रद्द
–२०१८ विश्वकप छनोट: नेपाल ५ विकेटले विजयी