काठमाडौं–हङहङविरूद्ध टु जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमान र युएई बिरुद्ध लगातार दुई हार सहित एसिया कप छनोट प्रतियोगिता सुरु गरेको नेपाललाई फाइनल पुग्न आज हङकङमाथि फराकिलो अन्तरको जित आवश्यक हुन्छ ।


ADVERTISEMENT


फाइनलमा पुग्न चमत्कारिक प्रदर्शनको प्रतिक्षामा रहेको नेपालले आज हङकङविरूद्ध ३०० रन भन्दा माथि बनाउनुपर्नेछ । यो प्रतियोगीतामा अहिलेसम्म युएईले सिंगापुरबिरुद्ध ३१२ रन जोड्नुबाहेक अन्य टोलीले यो आँकडा छुन सकेका छैनन् ।


ADVERTISEMENT

# # #


नेपाली ब्याटिङ चल्न नसकेको अवस्थामा र युएईका बलरको प्रदर्शनलाई नियाल्दा दुवै टोली ओमान र नेपाललाई ३०० रन कटाउन मुस्किल छ । यसमा यदि २५० रन मात्र जोडेर भए पनि बिपक्षी टोलीलाई १२५ रनमा समेट्ने हो भने नेपालको रनरेट माथि जानेछ ।

त्यसमा पनि आफूले ठूलो अन्तरको जित निकालेर मात्र भएन दोस्रो खेलमा ओमानले युएईलाई पनि सोही अन्तरमा हराउनुपर्नेछ । यस्तै ओमानले युएईलाई १५० रनमा रोकेमा ओमानले १५१ रनको लक्ष्य २५ ओभर भित्र सके पनि नेपालको रन रेट युएइको भन्दा माथि जानेछ ।

अंक तालिकामा ओमानको ७ अंक छ भने युएईको ६ र हङकङको ५ अंक छ । आज चमत्कार भए मात्र नेपाल फाइनलमा पुग्न सक्छ ।