नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ ।


ADVERTISEMENT


प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि रु पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताए ।


ADVERTISEMENT

# # #


सो प्रतिष्ठानमा आठदेखि १० वर्ष उमेरका करीब ६०० बालबालिकालाई प्रशिक्षणमा सहभागी गराउने लक्ष्य छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले प्रतिष्ठानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस