काठमाडौँ– साफ सुजुकी कप २०१८ को पहिलो खेलमै नेपाल पराजित भएको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पाकिस्तानसंग नेपाल २–१ ले पराजित भएको हो ।


ADVERTISEMENT


खेल सुरु भएको खेलको ३८ औ मिनेटमा कप्तान विराज महर्जनले डी बक्सभित्र पाकिस्तानी खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा पाकिस्तानले गोल गर्दै अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #


खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि विमल घर्ती मगरले ८२ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए । तर अन्तिम अर्थात ९६ औँ मिनेटमा पाकिस्तानले गोल गरेसंगै नेपाल पराजित भएको हो ।

प्रतियोगिताको दाबेदार मानिएको नेपालले अर्को खेल भुटानसंग बिहीबार खेल्नेछ ।