काठमाडौं– त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् । एमएड साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले आफूले गल्ती गरेको स्वीकार गर्दै बुधबार राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


प्रथम सेमिस्टरको शिक्षा शास्त्र सङ्काय अन्र्तगत शैक्षिक मनोविज्ञानको प्रश्नपत्र परीक्षा हुन अगावै बहिर आएपछि त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलो खेलबाड गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै यही १७ भएको फाउन्डेसन अफ एजुकेसनको पश्नपत्र एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएको थियो । फाउन्डेसनको पश्नपत्र एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएपछि र मनोविज्ञानको पश्नपत्र परीक्षा अगावै बाहिरिएपछि विद्यार्थीहरूले यस्ता गैरजिम्मेवारी काम गर्ने कर्मचारीहरूलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग राख्दै डीन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए ।

त्रिवि शिक्षाशास्त्र संकायको डिन कार्यालयले प्रश्नपत्र आउट भएको विषयमा छानबिन गर्न गणेश सिंह ठकुरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।