एजेन्सी– बार्सिलोनाका स्टार तथा कप्तान लियोनल मेसीले कीर्तिमानमाथि अर्को कीर्तिमान थपेका छन् । स्पेनीस ला लिगाको इतिहासमा एक नयाँ रेकर्ड थप्दै उनले कीर्तिमान बनाएका हुन् ।


ADVERTISEMENT


मेसी ला लिगा इतिहासमा सबैभन्दा बढी १५० असिस्ट गर्ने पहिलो खेलाडी बन्दै नयाँ रेकर्ड बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


ADVERTISEMENT

# # #


यो सँगै मेसीले आफ्नो कीर्तिमानीको लामो सूचिमा अर्को नयाँ कीर्तिमान थपेका हुन् ।

 

बार्सिलोनाले आइतबार नवप्रवेशी हुएस्कालाई ८–२ को फराकिलो अन्तरले हराउँदा मेसीले दुई गोलसहित दुई असिस्ट गरेका थिए ।

दुई गोल गरिसकेका मेसीले ला लिगामा आफ्नो ३१औं ह्याट्रिक नजिक पुगे पनि पाएको पेनाल्टी सुआरेजलाई प्रहार गर्न दिएका थिए ।

पाँच पटक बालेन डि ओर विजेतासमेत रहेका मेसी २१औं सताब्दीका पहिलो सर्वाधिक १५० असिस्ट गर्ने खेलाडी भएका छन् ।

हाल युरोपियन लिगमै सर्वाधिक असिष्ट गरेका मेसीपछि १४३ असिस्ट गरेका केश फाब्रेगास १४३, मेसुट ओजिल १२८, रोनाल्डो १२२ र डानी आल्भेस ११० शीर्ष पाँचमा छन् ।