एजेन्सी– बलिउड स्टार शाहिद कपुर एकपटक पुनः पिता बनेका छन् । उनकी श्रीमती मिरा राजपुतले बुधबार मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । शाहिद र मिराका एक छोरी छिन् ।


ADVERTISEMENT


भारतीय समाचार माध्यमका अनुसार मिरालाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो । मिराले यसअघि सन् २०१६ अगस्ट २६ तारिखमा छोरी मिशालाई जन्म दिएकी थिइन् ।


ADVERTISEMENT

# # #


बलिउड नायिका प्रिती जिन्टाले ट्वीटरमा सो कुराको जानकारी दिँदै मिरा र शाहिदलाई छोरा जन्मेकोमा बधाई दिएकी छिन् ।

https://twitter.com/realpreityzinta/status/1037399695272755201