काठमाडौं – बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नियमित कप्तान विराज महर्जनबिना नै मैदान उत्रिएको नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ ।


ADVERTISEMENT


बंगबन्धु रंगशालामा भएको खेलमा अनन्त तामाङले नेपाललाई १-० को अग्रता दिलाएका थिए । उनले खेलको २१ औ मिनेटमा हेडमार्फत् उत्कृष्ट गोल गरे । यस्तै ६९ औं मिनेटमा बिमल घर्तिमगरले मिस गरेको पेनाल्टी बलमा सुनिल बलले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै भरत खवासले खेलको ७९ औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरे । यस्तै निराजन खड्काले खेलको ८८ औँ मिनेटमा उत्कृष्ट हेडिङमार्फत गोल गरेर नेपाललाई ४–० को जित दिलाए । आज नेपाली टिमको कप्तानी गोलकिपर किरण लिम्बुले गरेका थिए ।

यसअघि पाकिस्तानसंग अन्तिम मिनेटमा बल रोक्न नसक्ला २-० ले पराजित भएको नेपालले अब अर्को खेल पर्सी आयोजक बंगलादेशको सामना गर्नेछ ।