काठमाडौँ– नेपाल आइडल सिजन–वनका टाइटल विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार राति नेपाल आइडलको युट्युब च्यानलमार्फतगीत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


‘सानी..’ बोलको गीतमा शब्द तथा संगीत आशुसेन लामाको छ । फडिन्द्र राईले एरेन्ज गरेको गीतमा मोडलिङ विनिताले गरेकी छन् । विनिताको अपोजिटमा बुद्ध आँफैले नृत्य गरेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि बुद्धले ‘तिमी साथ भएपछि…’ बोलको गजल गाएका थिए । यो गजलको भिडियोमा भने बुद्ध लिप्सिङमा मात्रै देखिएका थिए । पल र आँचल भिडियोमा फिचर्ड थिए ।