काठमाडौँ– नेपाल र चीनबीच ऐतिहासिक व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) मा सहमति जुटेको छ। यो सहमतिसँगै नेपालका लागि भारतबाहेकको भूमिबाट समुद्रसम्म पुग्ने बाटो खुलेको छ।


ADVERTISEMENT


भूपरिवेस्टित मुलुक भए पनि नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको छ। नेपाल र चीनबीच सन २०१६ मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो।


ADVERTISEMENT

# # #


काठमाडौंमा दुई दिनसम्म चलेको दुई देशका अधिकारीहरूको बैठकले बिहीबार राति प्रोटोकलमा सहमति जुटाएको हो। सहमतिमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु र चिनियाँ पक्षबाट यातायात सेवा विभागका महानिर्देशक वाङ सुइपिङले हस्ताक्षर गरेका छन्।

अब तेस्रो मुलुकबाट नेपालले वस्तु आयात निर्यात गर्दा चीन हुँदै ल्याउन लैजान तियान्जिन, सान्जेन, लियान्ग्याङ झान्जियाङलगायतका समुद्रिक बन्दरगाह प्रयोग गर्न पाउनेछ । यसका अतिरिक्त ती बन्दगाहमार्फ नेपालसम्म ढुवानीका लागि उपयुक्त स्थलमार्ग र भन्सार नाका प्रयोगमा पनि नेपालले सहज उपयोग गर्न पाउने गरी प्रोटोकलको मस्यौदा तयार भएको छ।

यसले अब नेपालको व्यापारमा उत्तर पुर्वी एसियाली राष्ट्रसँगको सहज पहुँच स्थापना हुनेछ। यसले भारतको कलकत्ता बन्दरगाहमाथिको निर्भरता पनि कम गर्नेछ।

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेर चीन भ्रमणमा जाँदा सन् २०१६ मा नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो।