काठमाडौं– भारतमा हुने यू–१९ एकदिवसीय प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । टिममा यसअघिका कप्तान दीपेन्द्रसिंह ऐरीसहित १९ वर्षमुनिका तर राष्ट्रिय टोलीमा रहेका अन्य खेलाडीलाई राखिएको छैन । टोलिमा केही नयाँ अनुहार पनि आएका छन् ।


ADVERTISEMENT


नेपाली टोलीमका त्रिराज दास, रवि शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो र रसिद खान छन् । यस्तै भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद आलम पनि टिममा आटाएका छन् ।


ADVERTISEMENT

# # #


भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने छन् । यस्तै प्रतियोगितामा नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।

नेपालले यस प्रतियोगितालाई आगामी नोभेम्बरमा बंगलादेशमा हुने एसीसी यु–१९ एशिया कपको तयारीमा हेरेको छ ।

चार टोली सम्मिलित एकदिवसीय शृंखला

सेप्टेम्बर १२–भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १२– एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १४– भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १४– एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू
सेप्टेम्बर १६– भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १६– अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १८– टिम १ विरुद्ध टिम २
सेप्टेम्बर १८– टिम ३ विरुद्ध टिम