काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको बिहीबारको फाइनल वर्षाले रद्ध भएपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले उपाधि बाँडेका छन् ।


ADVERTISEMENT


बिहीबारको फाइनल खेलमा पुलिसले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछि खेल खेलाउन सकिएन र अम्पाएरले खेलको नियमअनुसार दुवै टोलीलाई बिजेता घोषणा गरे । पौने दुई बजेतिर वर्षा सुरु भएको थियो । त्यसको एक घण्टापछि वर्षा रोकिएपनि भारी वर्षा भएकाले निर्धारित समयमा खेल खेलाउन नसकिएकाले दुवै टोलीलाई उपाधि बाँडिएको हो ।


ADVERTISEMENT

# # #


उपाधिसँगै आर्मी र पुलिसलाई पुरस्कार रकम पनि बराबर बाँडिने भएको छ । प्रतियोगिताको उपाधि बिजेताले २० र उपबिजेताले १० लाख पुरस्कार निर्धारण गरिएकोमा संयुक्त बिजेता आर्मी र पुलिसले १५ लाखका दरले पुरस्कार रकम पाउनेछन् । यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनको झिनो योगफल बनाएको थियो ।

पुलिसका लागि ओपनर सुनील धमलाले बनाएको ३२ रननै सर्बाधिक ब्यक्तिगत स्कोर हो । ओपनर अमित श्रेष्ठ ४ रनमै आउट भएपछि आएका दिलिप नाथले पनि ९ रनमात्र जोड्न सके । दीपेन्द्रसिंह ऐरी १९ रनमा सागर पुनको बलमा एलबीडब्ल्यूको धरापमा पर्दा कप्तान मञ्जीत श्रष्ठले खाता नै खोल्न सकेनन् । आरिफ शेखले पनि ४ रनमात्र बनाए ।

पुलिसका लागि अन्तिम क्रमका ब्याट्सम्यानहरु सिद्धान्त लोहनीले २०, कुशल भुर्तेलले १५ र सुशील कँडेलले १२ रन बनाए । पुलिसले अतिरिक्र ११ रन पाएको थियो । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै सुशान भारीले ३ र सागर पुनले २ विकेट लिए । सोमपाल कामीले पनि १ विकेट आफ्नो नाममा लेखाए ।

झिनो लक्ष्य पछ्याउने क्रममा वर्षा बाधक बनेपछि आर्मीले घाटा महशुस गरेको छ भने पुलिसले राहत पाएको छ । आर्मी प्रतियोगिताको एकमात्र अपराजित टोली हो । गत जेठ ९ गतेबाट सुरु भएको सर्बाधिक पुरस्कार राशीको राष्ट्रिय प्रतियोगितामा साविकका पाँच बिकाश क्षेत्र र तीन बिभागीय टोलीको सहभागिता थियो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको हो ।