काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र जनजीविकाका सवालमा सरकार कमजोर देखिएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय जनमोर्चा काठमाडौँको पाँचौ जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकले सङ्घीयता थेग्न नसक्ने भएकाले जनताले नै यसलाई तिरष्कार गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष केसीले सङ्घीयता खारेज नभएसम्म आफ्नो पार्टीले सो मुद्दा नछाड्ने स्पष्ट पारेका छन् । त्यसअघि शान्तिबाटीकाबाट शुरु भएको ¥याली विभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादीमा पुगेर सम्मेलनमा परिणत भएको थियो ।