काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।


ADVERTISEMENT


आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृतराजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २४४ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैँकले जनाएको छ ।

बैंकले मुलुकभर २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिइरहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १२लाख १९ हजार रहेको छ ।