काठमाडौं – नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार भारत जाँदैछ । भारतको निमन्त्रणामा एकदिवसीय सिरिज खेल्न नेपाली टोली भारतको लखनउ प्रस्थान गर्न लागेको हो ।


ADVERTISEMENT


आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेल आगामी बुधबार एनसीए यु–१९ सँग खेल्नेछ । दोस्रो खेलमा २९ गते भारतको यु–१९ टिमसँग खेल्ने नेपालले ३१ गते अफगानिस्तान यु–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । ४ टिम सहभागि हुने खेलमा सबैले एकअर्का विरुद्ध खेल्नेछन् ।


ADVERTISEMENT

# # #


बिनोद दासको प्रशिक्षणमा रहेको टोलीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेस बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन् ।

यसअघि शुक्रबार आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक बिनोद कुमार दास, सुनोज भट्टराई र राजु खड्काले १५ सदस्यीय टोली घोषणा गरेका थिए ।