काठमाडौ– भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ अब प्रदर्शनका लागि तयार भएको छ । चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।


ADVERTISEMENT


‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ आफ्नो डेब्यु फिल्मबारे गजुरेलले भने, ‘बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको छ ।’


ADVERTISEMENT

# # #


गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् । रंगमंच अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे । ‘फिल्मको अन्तर्य प्रेम मात्र होइन, भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभाव समेत हो’ उनले बताए, ‘मलाई पहिले जति फिल्म अफर आए, ती सबै सूत्र शैलीमा थिए, सयकडा दश नितान्त भिन्न छ ।’

अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे ।