कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पु¥याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ ।


ADVERTISEMENT


हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार (इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


तारवारका लागि नगरपालिकाले रु ४५ लाख विनियोजन गरेको छ । “मानवीय, भौतिक र कृषिजन्य वस्तुमा हात्तीले पु¥याउने क्षति कम गर्न विद्युतीय तारबार गर्ने तयारी गरेका छौंँ” नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने ।

नगरपालिकाको रकमले मात्रै पूरै क्षेत्रमा विद्युतीय तारबार गर्न सम्भव नभएकाले प्रदेशसभा सदस्य लालबहादुर खड्कासँग यस विषयमा छलफल गर्दा उनले सहयोगको अश्वासन दिएको पनि नगर प्रमुख चन्दले जानकारी दिए । गतवर्ष मात्रै नगरपालिकाको रु १० लाखको लागतमा हात्तीको झुण्ड छिर्ने केही ठाउँमा विद्युतीय तारबार गरिएको थियो ।

गत शनिबार मात्रै हात्तीको झुण्डले नगरपालिका–१० अन्तर्गत पर्ने चथरी र नयाँ गाउँका एकदर्जन बढी किसानले लगाएका धानबालीमा खाएर र कुल्चेर नोक्सानी पुर्याएको थियो । तीन दिनदेखि लगातार नयाँ गाउँ र चथरीका किसानको खेतमा छिरेर हात्तीको झुण्डले नोक्सानी पुर्याउँदै आएको वडा अध्यक्ष गणेश विकले बताए।

मेहनत गरी लगाएको धानबाली हुर्कदै गएका बेला हात्तीले नोक्सानी पुर्याउन थालेपछि चिन्तित भएका स्थानीय किसान वर्षाको पर्वाह नगरी किसान रातभर तीनलाई भगाउन जाग्राम बस्ने गरेका छन् । पाँच वर्षयतादेखि लगातार भारतको दुधुवा नेशनल पार्कबाट निकुञ्ज हुँदै बस्तीमा छिर्ने हात्तीको झुण्डले धान र गहुँबालीमा नोक्सानी गर्दैआएकाले तीनलाई भगाउन स्थानीय प्रशासनले सुरक्षाकर्मीसमेत परिचालन गर्दै आएको छ ।

प्रदेश नं ७ का प्रदेशसभा सदस्य लालबहादुर खड्का, नगर प्रमुख चन्द र वडाध्यक्ष सहितको टोलीले शनिबार हात्तीले नोक्सानी पु¥याएको किसानको खेतको निरीक्षण समेत गरेका थिए ।

पचास परिवारको धानबालीमा नोक्सानी

कञ्चनपुरको भीमदत्तनगरपालिका– ९ स्थित चुरे क्षेत्र भएर बग्ने तिलाते र गहुँताणी खोलाको बाढीले ५० बढी घरपरिवारको धानबालीमा बालुवा थुपारेर नोक्सानी पुर्याएको छ ।

वडाध्यक्ष राम नाथकाअनुसार तीन दिनअघि तिलाते खोलामा आएको बाढीले १५ र गहुँताणी खोलामा आएको बाढीले ले ३५ परिवारको धानबालीमा क्षति पुर्याएको थियो । बाढीले माटो, ग्राभेल ल्याएर धान रोपेको खेतमा थुपारेपछि किसानको मेहनत खेरगएको अध्यक्ष नाथले बताए ।

स्थानीयवासीको पाँच बिगाहा भन्दा बढी जमीनको धानबाली नोक्सान भएको कार्यबाहक नगर प्रमुख भीमबहादुर शाहुले बताए । निरीक्षणका क्रममा पाँच बिगाहा भन्दा बढी जमीनमा लगाएको धानबाली नोक्सान गरेकाले धान काम नलाग्ने भएको उनले जानकारी दिए ।

बाढीले स्थानीय कृष्णराम लावडको सबैभन्दा बढी धानबालीमा नोक्सान पुगेको छ । आफ्नो भएको एक बिघा जमीनमा लगाइएको धानबाली सखाप भएकाले परिवार पाल्न पनि कठिन हुने उनको गुनासो थियो ।

चुरे क्षेत्रमा अत्यधिक वर्षापछि ती दुबै खोलामा बाढी आएको थियो । विगतमा बाढीले समान्य क्षति हुँदै आएकोमा यसवर्ष ठूलो क्षति पुर्याएको हो । –राजेन्द्र पनेरु/रासस