काठमाडौं – ईंग्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान एलिस्टर कुकले आफ्नो करिअरको अन्तिम टेस्ट इनिङमा शानदार शतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


भारतविरुद्ध पाँचौं तथा अन्तिम टेस्टको दोस्रो इनिङमा कुकले शतक हानेका हुन् । भारतविरुद्धको टेस्ट श्रृंखलापछि सन्न्यास लिने उनले घोषणा गरिसकेका छन् । टेस्ट श्रृंखला ४–१ ले ईंग्ल्यान्डले आफ्नो पोल्टामा पारिसकेको छ । कुकको शतकसँगै जारी पाँचौं टेस्टमा पनि ईंग्ल्यान्ड बलियो अवस्थामा पुगेको छ ।


ADVERTISEMENT

# # #


लन्च अगाडिसम्म ईग्ल्यान्ड २ विकेटको नोक्सानीमा २ सय ४३ रन बनाइसकेको छ । उसले २ सय ८३ रनको अग्रता लिएको छ । कुकलाई कप्तान जोय रुटले क्रिजमा साथ दिइरहेका छन् । उनी पनि शतकको नजिक छन् ।

पहिलो इनिङमा ईंग्ल्यान्डले ३ सय ३२ र भारतले २ सय ९२ रन बनाएको थियो ।

भारतविरुद्धको जारी श्रृंखलामा कुक दयनीय र्फमबाट गुज्रिरहेका थिए । चार वटा टेस्टमा उनले एउटा पनि अर्धशतक हान्न सकेका थिएनन् । चौंथो टेस्टपछि उनले सन्न्यासको घोषणा गरेका थिए ।

आफ्नो करिअरको अन्तिम टेस्टमा भने उनी र्फममा फर्किए । उनले पहिलो इनिङमा ७१ रन बनाएका थिए ।

कुकले डेब्यू टेष्टमा पनि शतक बनाएका थिए । उनी डेब्यू र अन्तिम टेष्टमा शतक प्रहार गर्ने पाँचौं ब्याट्सम्यान बनेका छन् ।