विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदै ५ गते उद्घाटन गरेको विराटनगरको गोबर ग्याँस प्लान्ट बन्द भएको छ । ३२ घरमा जोडिएको ग्यास प्लान्ट एक महिना नपुग्दै बन्द भएको प्लान्टका प्रमुख इन्जिनियर ज्ञानेन्द्र सिंह बताएका छन् । इन्जिनियर सिंहका अनुसार ३२ घरले सिडिन्डरका डल्ला फालिदिएका छन् । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणासमेत गरेका थिए। तर उनको अभिब्याक्ति धेरै टिक्न सकेन ।


ADVERTISEMENT


अहिले घरमा पुगेको पाइपमा ग्यास आउन छोडेको छ । चाडबाडको मुखमा प्लान्ट बन्द भएपछि ‘फालेका’ सिलिन्डर भान्सामा ल्याउनु परेको स्थानिय बताउँछन् । २ सय ५ वटा गाइको गोबरबाट बायो ग्यास उत्पादन सुरू गरिएको सो प्लान्टबाट वरिपरिका ३२ घरमा पाइपबाट ग्यास पुर्‍याइएको थियो ।


ADVERTISEMENT

# # #


विराटनगर महानगरपालिको १२ लाख, विश्व बैंक र नेपाल सरकारको १ करोड ११ लाख र गौसेवा सदनको सहयोगमा प्लान्ट निर्माण गरिएको गोबर ग्यासको प्रधानमन्त्री ओलीसहित ऊर्जा मन्त्री वर्षमान पुन, कानुन मन्त्री भानुभक्त ढकाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संयुक्त रुपममा उद्घाटन गरेका थिए ।