बर्दिवास– चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका–६ जमुनियाँका अर्जुन भुजेलको घरबाट रु १० लाख बराबरको धनमाल लुटपाट गरेका थिए ।


ADVERTISEMENT

# # #


बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित पुगेका तीनै जनाले खुकुरी तथा गोली प्रहार गरी भुजेलसहित पाँच जनालाई घाइते बनाएका थिए । घाइतेको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएकाहरुको बयानका आधारमा अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।