काठमाडौँ– दयाहाङ अभिनित चलचत्रि लालटिन आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ ।


ADVERTISEMENT


देवकुमार श्रेष्ठले निर्देशन गरेको उक्त फिल्ममा कुनै शक्ति वा वस्तु प्राप्तिका लागि मानिसहरूबीच हुने गरेका अनेक थरीका द्वन्द्वहरूको श्रृंखला समेटिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौं सहरको रात्रिजीवन र त्यहाँ हुने अपराधमा केन्द्रित चलचित्र ‘लालटिन’मार्फत मोडलद्वय राज कटुवाल र निर्जन थापा नेपाली चलचित्रमा पदार्पण गर्दैछन् । अरूको भरमा बाँच्ने सोझा युवक दयाहाङ कसरी अपराधी गिरोहको नाइके बन्न पुग्छन् ? बारमा नाच्ने युवती केटी प्रियंका कार्की र दयाबीच मायाको टुसो कसरी पलाउँछ ? शक्ति र वस्तु प्राप्तिको युद्धमा कसको जित र कसको हार हुन्छ ? भन्ने जस्ता कुरामा यो चलचित्र अघि बढ्दै जान्छ ।

फिल्ममा दयाहाङ राई प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, राज कटुवाल, निर्जन थापा आदिका अभिनय रहेको छ । चलचित्र ‘लालटिन’लाई हरि घले लामाले खिचेका हुन् भने यसमा रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफ तथा अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन छ ।
त्यस्तै विनोद ढकाल, किरण माइकल, डिजराज पौडेलको संगीत रहेको छ ।