काठमाडौं– आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्र्याएको छ । मङ्गलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अवदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए(जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई गपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रा.लिले गर्नेछ ।


ADVERTISEMENT


ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयर लाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०/२१४ द्धारा हालसम्म ढाका, बाक लगायत १३ वटा अन्तर्राष्ट्रिय तथा सलाल र सुहार गरी २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरी १६ वटा गन्तव्यमा आफ्नो हवाइ सेवा विस्तार गरेको छ ।


ADVERTISEMENT

# # #


नेपालको लागि आधिकारीक जीएसए व्यवस्थापनमा आइएमई ग्रुपले लिएर ओमानको पहिलो वजेट एयर सलाम एयरलाइन्सले पहिलोपटक नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दै । तस्बिर : रासस । 

सलाम एयरले ओमान लगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्षलाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने कम्पनीले विश्वास गरेको छ ।

सलाम एयरले कुनैपनि यात्रेले एकै वर्षमा १० पटक यात्रा गरेको प्रमाण पेश गरेमा एउटा टिकट निशुल्क दिने बताएको छ । यस्तै आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुलाई उपहार स्वरुप ५० प्रतिशत र त्यसपछि सलाम एयरबाट यात्रागर्नेे सम्पूर्ण यात्रुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सेवा लिनका लागि यात्रुले आफ्नो बोर्डिङ पास चन्द्रागिरिको टिकटकाउन्टरमा देखाउनुपर्नेछ। साथै आइएमई ग्रुपकाअन्यउत्पादनतथा सेवाहरुमा समेत विशेष ग्राह्यतादिने योजना लिइएको छ । यस एयरलाएन्सले नेपालनागरिक उडड्यानप्राधिकरणले दिएको समय तालिकाअनुसार काठमाडौंका लागिविहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।

सलाम एयरको काठमाडौँमा पहिलो अवतरणपछि गरिएको पत्रकार सम्मेलनमा संक्षिप्त प्रतिक्रिया दिँदै नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्रीज्ले सलाम एयरको हवाई सेवा शुरु भएपछि मध्यपूर्वी देशहरुबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलारुई सहज हने विश्वास व्यक्त गरे ।

यस्तै सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मदअहमदले स्थापित ब्राण्ड आइएमईसँग सलाम एयरले व्यवसायीक सम्बन्ध स्थापित गर्न सफल भएकोमा प्रशन्नता ब्यक्त गरे ।

सोहि अवसरमा नेपालको समग्र पर्यटन प्रवद्र्धनका साथसाथै नेपाल सरकारद्धारा घोषित पर्यटन बर्ष २०२० लाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमका लागि मध्यपूर्व लगायत विश्वका विभिन्न मुलुकमा प्रवेश गरेका नेपालीहरुलाई रेमिटेन्स सेवाका अतिरिक्त बजेट एयरलाइन्स मार्फत हवाई सेवा प्रदानगर्न पाउँदा खुशी लागेको बताए ।

यो सेवाको प्रारम्भसँगै मध्यपूर्वका धेरै देशमा आवत जावतका लागि नेपालको सिधा सम्पर्क स्थापित भएको भन्दै नेपाल उधोग वाणिज्य महासंघमा उपाध्यक्ष समेत रहेका अध्यक्ष ढकालले ती देशबाट नेपाल भ्रमणमा आउने बाह्यपर्यटनलाई समेत सहजभएको विचार व्यक्त गरे ।