बैतडी– चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ ।


ADVERTISEMENT


शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिएका छन् । स्थानीयवासीको आग्रहपछि त्यहाँ प्रहरी चौकी थप्न लागिएको हो । सुल्लेखानमा चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिमा पारित भइसकेको छ ।


ADVERTISEMENT

# # #


“प्रहरी चौकी स्थापना गर्न सिफारिश गरेर प्रदेश नं ७ को प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ, अबको १५ दिनभित्रै प्रहरी चौकी स्थापना भइसक्छ,” गिरीले भने । हाल शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको छ । सो चौकीबाट सुल्लेखान पुग्न पैदल चार घण्टा लाग्छ ।

गाउँपालिका केन्द्रमा प्रहरी चौकी नहुँदा असुरक्षित महसुस भइरहेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दद्वारा जानकारी पप्त भएको छ । तल्लोस्वराड चितुवा प्रभावित क्षेत्र हो । त्यहाँ सुरक्षाको कारण देखाउँदै बैंक शाखासमेत स्थापना हुनसकेको छैन । सो क्षेत्रमा चितुवाको आक्रमणबाट ६ वर्षयता २३ बालबालिकाले ज्यान गुमाएका छन् । जिल्लाभर हाल ३१ प्रहरी चौकी रहेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिएका छन् । रासस