काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई फेरि काठमाडौं लगिने भएको छ ।


ADVERTISEMENT


विश्वकर्माको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुँदा विश्वकर्मालाई काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए । ‘हामीलाई तीन दिनपछि सम्म काठमाडौं लैजान पाउने सुविधा छ, तर सकभर आजै हिडाउने योजना छ,’ उनले भने ।

गत साउन २२ गते उनलाई सात करोड चन्दा उठाएको अभियोगमा काठमाडौंमै पक्राउ गरिएको थियो । त्यसपछि उनलाई बम बिस्फोट, आगजनी र कर्तव्य ज्यान मुद्दा लगाउँदै देशका विभन्न जिल्लाहरूमा घुमाउँदै आइएको छ । पक्राण्डलाई पछिल्लो समय जिल्ला अदालत भोजपुरले भदौ २१ रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर दाङ ल्याएको हो । दाङमा उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ ।

गत मंसिर १२ गते तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभानजिकै बम बिस्फोट हुँदा सुरक्षार्थ खटिएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका प्रकाण्डलाई पक्राउ परेको एक महिनापछि भदौ २३ गते जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको थियो । जिल्ला अदालतले प्रकाण्डविरूद्धको मुद्दामा आइतबार आठ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।