काठमाडौँ– नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा धीरु बस्न्यातसहित तीनजना सिफारिस भएका छन् ।


ADVERTISEMENT


गृह मन्त्रालयमा मंगलबार राति बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षकद्वय पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई सिफारिस गरेको हो। पाँच महिनासम्म रोकिएको एआइजी बढुवाको गाँठो गृहले बल्ल फुकाएको हो।


ADVERTISEMENT

# # #


बढुवाको रोलक्रमअनुसार डिआइजी कार्की पहिलो नम्बरमा सिफारिस भएका छन्। कार्की राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। तेस्रो नम्बरका डिआइजी राई दोस्रो नम्बरमा सिफारिस भएका छन्। उनी लागुऔषध नियन्त्रण ब्युरोमा थिए।

बस्न्यातलाई गृहले तेस्रो नम्बरमा सिफारिस गरेको छ। बस्न्यात प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा थिए।

गृहले पन्ध जनाको दरबन्दी रहेको एआइजी दरबन्दी संख्या घटाएर तीन जनामा झारेको थियो। तीन दरबन्दीमा पाँच डिआइजी बढुवा दौडमा थिए। दोस्रो नम्बरका न्यौपानेसँगै पाँचौं नम्बरका सुरेशविक्रम शाह पनि सिफारिसमा परेनन्।

बढुवामा परेका सबै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन्। खनाल गत चैतमा महानिरीक्षक नियुक्त भएका थिए। खनाल नियुक्त भएपछि दोस्रो वरियताका रमेश खरेलले राजीनामा दिएका थिए।

प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआइजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।