काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको प्रस्ट पार्दै निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा सम्बोधन गर्दै देउवाले भने ‘अहिलेलाई संविधान स‌ंशोधन पास हुने अवस्था रहेन फेल गराउनु उचित भएन ।’ चाहँदा पनि संविधान संशोधन हुन नसकेको भन्दै देउवाले भने, ‘पास गराएरै छाड्ने छौं, म विश्वास दिलाउन चाहन्छु ।’ उनले असार १४ गते हुने दोस्रो चरणको चुनावमा भाग लिन राजपालाई पुनः आग्रह गरे । उनले भने, ‘पहिले चुनाव सफल पारौं, त्यसपछि संशोधन गरौं ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले सरकार संविधान कार्यान्वयन र स्थानीय तहको दोस्रो चरण, संघ र प्रदेशको निर्वाचन गर्नतिर केन्द्रित रहने बताए ।

प्रमुख प्रतिपक्षी दल एमाले नेताले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा देउवाले कुनै प्रतिक्रिया नदिएको प्रश्न गरेपछि उनले भने, ‘मतपत्र अहिले मात्रै च्यातिएको होइन, पहिले पनि च्यातिएको थियो । तर, हामीले मतपत्र च्यातिनुलाई ठीक भनेका छैनौं । यो विषय अदालतमा पुगेकोले धेरै बोलिरहनु परेन ।’