बाजुरा– एक सातादेखि आएको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि आएको वर्षाका कारण जिल्लावासीलाई आवतजावतमा कठिनाइ भएको छ ।


ADVERTISEMENT


अबिरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका– ३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका– ३ युनावासीका १९ वटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।

कुन्ना प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्ने सो स्थानको घटनाबारे तीन दिनपछि मात्र विवरण आएको हो ।

भारी वर्षाका कारण आजदेखि जिल्लामा सञ्चालित लामो तथा छोटा दूरीका सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।