काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दै अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ ।


ADVERTISEMENT


पन्तको बलात्कारपछि भएको हत्याको घटना दिनानुदिन नाटकीय रुपमा बढी जटिल र रहस्यमय बन्दै गएको तथा एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेपनि अनुसन्धान वास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै कांग्रेसले त्यसबारे सरकारको जवाफ माग गरेको थियो ।


ADVERTISEMENT

# # #


विहिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याको घटनाबारे सदनलाई जानकारी नगराएसम्म सदन चल्न नसक्ने बताएका थिए । उनले भने, ‘‘अनुसन्धान मार्फत वास्तविक दोषी पत्ता लगाउन तर्फभन्दा समग्र राज्य संयन्त्र नै वास्तविकता ढाकछोप गर्न केन्द्रीत रहेको देखिएको छ । यस घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिन थालेको आभाष जनताले गर्न थालेका छन् ।’’

पछिल्लो अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव विरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भिर प्रश्न उठाउदै राजिनामा दिएको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग गरेको छ । उपसचिव केसीले निर्मलाको आत्मा र पीडीत परिवारले न्याय पाउने सम्भावना नदेखको तथा शक्तिशाली अपराधीहरुबाट आफ्नो ज्यान खतरामा रहेको हुँदा सरकार, मानवधिकार आयोग, राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था र नागकिक समाजसँग जीवन रक्षाका लागि अपिल गर्दै छानविन टोलीको सदस्यबाट राजीनामा दिनुले गम्भीर स्थितिको श्रृजना गरेको भन्दै सांसद बडूले त्यसबारे सरकारको जवाफ माग गरे ।
उनले भने, “आखिर यो अवस्था किन र कसरी आयो रु यी शक्तिशाली भनिएका अपराधीहरु को हुन्यो ? राज्यको सुरक्षा व्यवस्था र अवस्था प्रति नेपाल सरकारको उपसचिवले समेत विश्वास गर्न नसक्ने र जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघ र नागरिक समाजलाई गुहार्नु पर्ने अवस्था किन र कसरी आयो रु यसले अत्यन्तै गम्भिर प्रश्न उब्जाएको छ । राज्यको संयन्त्र सरकारले चलाईरहेको छ वा अन्य कुनै शक्तिले ?”

कांग्रेसले संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो । १० मिनेटपछि पुनः बसेको बैठकमा सभामख कृष्णबहादुर महराले भोलिको बैठकमा गृहमन्त्रीले त्यसबारे जवाफ दिने बताएपछि संसद सुचारु भएको छ ।

कांग्रेसले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नुको कारण र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई नियन्त्रणमा लिनुको कारण पनि सरकारसँग माग गरेको छ । बस्नेतलाई अकारण नियन्त्रणमा लिएर सरकारले पत्रकारमाथि आक्रमण र प्रेस स्वन्त्रतामाथि हस्तक्षेप गर्ने काम गरेको ठहर कांग्रेसले गरेको छ ।