भक्तपुर– महानगरीय प्रहरीवृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको प्रहरीवृत्त थिमिका प्रहरी नायव उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रहेको ‘इजी ट्रायल सेन्टर’मा ट्रायल सिक्न आएका व्यक्तिसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्नेक्रममा पक्राउ परेको उनले जानकारी दिएका छन् ।

पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

यस्ता किसिमका ड्राइभिङ सेन्टरका कारण देशमा दक्ष चालकहरु उत्पादन हुन् सक्दैंनन र दुर्घटनाहरु बढ्नुका साथसाथै ट्राफिक व्यवस्थापना पनि कठिनाई हुने जस्ता समस्याहरु देखिन्छन् । यस सम्बन्धमा सरकारको ध्यान जान जरुरी देखिन्छ र यस्ता ड्राईभिङ सेन्टरको अनुगमन गरि सरकारले कारबाहीको दायरामा ल्याउनु पर्दछ ।